काठमाडौ। असारमा मुठ्ठी रोपेर मंसीरमा मुरी फलाउने दिनका रुपमा आज असार १५ गतेलाई लिइने गरेको छ। अर्थात आज धान रोप्ने आज असार १५ अर्थात् धान दिवस।

दही–चिउरा खाएर देशभर धान रोपेर धुमधामकासाथ असार १५ लाई मनाउने कार्य भएको छ। कृषि प्रधान मुलुक नेपालको प्रमुख पेशा नै कृषि हो। यो कृषि पेशाको प्रमोसनको लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सिफारिसमा विसं.२०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो।

त्यसयता हरेक वर्ष यो दिवस सरकारी तहबाट नै मनाउने गरिएको छ । यसवर्ष सरकारले काठमाडौंको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ। ‘धान उत्पादनमा वृद्धि–राष्ट्रको समृद्धि’ दिवसको नारा छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो।

धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ। कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ। राष्ट्रिय उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ।

प्रकाशन मिति–२०७५ साल असार १५ गते शुक्रबार ।