काठमाडौ। काठमाडौको नयाँ बजारस्थित बैद्य गल्ली र बेखा गल्ली वीचको दोवाटोमा श्री सूर्य विनायक मन्दिरको प्रतिस्थापन भएको छ। विहीवार आयोजित कार्यक्रममा बैद्य गल्ली र बेखा गल्ली समुदायको आयोजनामा मन्दिरको प्राण–प्रतिस्थापन गरिएको हो।

प्राण प्रतिस्थापन गर्ने कार्य धार्मिक गुरु बाबुराजा बज्राचार्यवाट भएको हो। श्री सूर्य विनायक गणेशको मूति सहित मन्दिरमा थप सात विभिन्न देवी–देवताका मूर्तिहरु पनि रहेको छ। स्थानीयको सक्रियतामा निर्माण भएको श्री सूर्य विनायक मन्दिरको कन्सेप्ट डिजाइन तथा प्राविधिक संरचना श्रीरुप नमूना मिनी संग्रहालयका प्रमुख तथा चर्चित कालिगढ कलाकार इन्द्रमान महर्जनवाट भएको निर्माण समितिले भनेको छ।

कालिगढ कलाकार इन्द्रमान महर्जनको कला–कौशलता तथा मेहनत अनि सवैको सहयोग र परिश्रमवाट मन्दिरको निर्माण भएको हो। परम्परागत कलात्मक शैलीको मन्दिर निर्माण तथा स्थापनावाट बैद्य गल्ली र बेखा गल्लीको शोभमा नै अभिबृद्धि भएको छ। साथमा भगवानप्रतिको आस्था र विश्वास गर्नेहरुको लागि पूण्यधाम जस्तै बन्न पुगेको मन्दिर प्राण–प्रतिस्थामा पुग्ने सवैको भनाई पाइएको छ।

२५ दिनको लगातारको मेहनत र कामवाट मन्दिर निर्माण संपन्न भएको जानकारी कालिगढ कलाकार इन्द्रमान महर्जनले भिजन संसारलाई बताएका छन्।
प्रकाशन मिति–२०७५ साल असार १५ गते शुक्रबार।