काठमाडौ। काठमाडौको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ।

ग्राण्डीवाट डाक्टर र नर्स लिएर चितवन जान त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट उडेको सिम्रिक एयरको नाइन एन एएलएमआर कलसाइन हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा दूर्घटनामा परेको हो।

शनिबार दिउँसो २ बजेर ५० मिनेटमा चिप्लेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। हेलिकोप्टर डाक्टर र नर्सलार्इ रिसिभ गर्न अस्पताल गएको थियो। उनीहरू नचढ्दै अवतरणका क्रममा हेलिप्याडबाट चिप्लेर तल्लो तलामा खस्यो।

दुर्घटनामा क्याप्टेन हरिराम थापाको दाहिने हातमा चोट लागेको छ। दुर्घटनाबाट हेलिकोप्टरमा क्षति पनि भएको प्रहरीले भनेको छ।
प्रकाशन मिति–२०७५ साल असार १६ गते शनिवार