पर्सा। कोरोना कहरको कारण पर्सा जिल्लाको प्रमुख व्यापारिक केन्द्र बीरगञ्जलगायत पर्सा जिल्लामा शनिवार विहान ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ।

संकट व्यवस्थापन केन्द्र पर्साले शुक्रवारको निर्णयअनुसार कोरोना संक्रमित बढ्दै गएपछि विभिन्न राजनीतिक दलको माग बामोजिम कोरोना संक्रमणको चेनक्रम टोड्न निषेधाज्ञा जारी गरेको हो। बीरगञ्ज, पर्साका उद्योग व्यापार, पसललगायत सबै बन्द छन्। राजमार्ग तथा भित्री गल्लीहरुमा पनि सर्वसधारण तथा सवारी नचल्दा सडक सुनसान वनेका छन्।

सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीको आवतजावत मात्र देखिएको छ। पर्सामा १० दिनभित्र ८३ जना संक्रमित थपिएपछि निषेधाज्ञा लगाई मास टेस्टिङबारे गृहकार्य भैरहेको वताइएको छ। जिल्ला प्रशासन पर्साले कडाई गरेको छ।
प्रकाशन मिति–२०७७ साल साउन १० गते शनिवार ।