![Television News Aunchor & Singer Kamala Shrestha.](http://www.visionsansar.com/wp-content/uploads/2017/07/Kamala-Shrestha.jpg)
काठमाडौ। दुई हात र एक खुट्टा नभएतापनि फरक क्षमता बोकेकी गायिका तथा सञ्चारकर्मी कमला श्रेष्ठ युवा प्रतिभा पुरस्कारवाट सम्मानित तथा पुरस्कृत बनेकी छन्।
राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिको कार्यालय काठमाडौवाट आयोजित कार्यक्रममा आम–सञ्चार तथा पत्रकारिता र संगीतमा फरक क्षमता प्रदर्शन गरेवापत श्रेष्ठलाई काठमाडौ जिल्ला स्तरीय युवा प्रतिभा सम्मान तथा पुरस्कारवाट सम्मानित तथा पुरस्कृत गरिएको हो।
आम–सञ्चार तथा गायनमा कार्यरत श्रेष्ठले कार्यक्रम स्थलमा प्रत्यक्ष समाचारबाचन तथा गीत गायन कला प्रस्तुत गरेकी थिइन्। हाल हिमालय टेलिभिजनमा समाचारवाचिकाको रुपमा कार्यरत पुरस्कृत प्रतिभा कमला श्रेष्ठ एक दशक देखि गीत गायन र आम–सञ्चारमा क्रियाशील रहेकी छन्।
![Kamala Shrestha News reading in Himalaya Television](http://www.visionsansar.com/wp-content/uploads/2017/01/Kamala-Shrestha-3.jpg)
कमलो सपना नामक गीति–एल्वम बजारमा ल्याएर गायनको फरक क्षमता देखाएकी श्रेष्ठ रेडियो एफएम हुंदै हाल टेलिभिजन समाचारवाचिका बनेकी हुन्। पत्रकार एवम् सञ्चारकर्मी श्याम स्मृतवाट आम–सञ्चार र पत्रकारिताको तालिम प्राप्त गरेर मैत्री एफएम, क्यापिटल एफएम, रेडियो रियाजको कार्यक्रम प्रस्तोता बन्दै हिमालय टेलिभिजनको समाचारबाचनको गहन जिम्मेवारी बोक्दै फरक क्षमता प्रस्तुत गर्दैआएकी छन्।
![Kamala Shrestha with her Journalism Teacher Shyam Smrit.](http://www.visionsansar.com/wp-content/uploads/2017/01/Kamala-Shrestha-with-Shyam-Smrit.jpg)
श्रेष्ठको अलावा विज्ञान तथा प्रविधि, कृषि, उद्यम लगायतका क्षेत्रमा फरक प्रस्तुति देखाउने प्रतिभावान अन्य ६ जनालाई पनि काठमाडौ जिल्ला स्तरीय युवा प्रतिभा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। फरक क्षमता तथा फरक प्रतिभा प्रदर्शन गर्न सफल युवाहरुलाई छनौट गरेर यो बर्षवाट राष्ट्रिय युवा परिषदवाट सम्मान तथा पुरस्कार दिने परम्पराको थालनी गरिएको जानकारी जिल्ला युवा समितिको कार्यालय काठमाडौकी प्रमुख कमला ज्ञवालीले भनेकी छन्।
![Glories Kamala Shrestha.](http://www.visionsansar.com/wp-content/uploads/2017/01/Kamala-Shrestha-1.jpg)
प्रकाशन मिति–२०७४ साल असार २१ गते बुधवार