पोखरा । प्राकृतिक छटाले भरिपूर्ण पर्यटकीय नगरी पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरका उम्मेदवारको सिफारिसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी जेठी बुहारीको नाम पनि सिफारिस भएको छ। उपमेयरमा प्रचण्डकी जेठी बुहारी सिर्जना त्रिपाठीको सिफारिस भएको हो।

पोखरामा कार्यक्षेत्र वनाउंदैआएकी प्रचण्ड बुहारी त्रिपाठी अनेम सङ्घ क्रान्तिकारीको केन्द्रीय सदस्य हुन्। पोखरेली चेली समेत रहेकी त्रिपाठीको नाम उपमेयरमा अन्तिम समयसम्म टुंगोमा आउने हो या होइन ? त्यो तरल राजनीतिमा थाहा हुन नसकेतापनि यतिखेर पनि त्रिपाठी चर्चाको शिखरमा रहेकी छन्।

त्रिपाठीसंगै उपमेयरमा गोमा ढकाल र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको पोखरा महानगरका अध्यक्ष हरिनारायण गिरीले खुलासा गरेका छन्। मेयरका लागि विश्वप्रकाश लामिछाने, बखानसिंह गुरुङ र सीता खड्काको नाम सिफारिस गरिएको छ।

प्रकाशन मिति–२०७९ साल बैशाख ६ गते मंगलवार ।