काठमाडौं। नेपाली पत्रकारितको कोशेढुंगा सावित लोकप्रिय सिने मासिक कामनाका संस्थापक प्रधान सम्पादक तथा नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका सटिक राजनीतिक विश्लेषणयुक्त आलेखहरुको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक सार्वजनिक भएको छ।  नेपाली व्यावसायिक पत्रकारिताका धरोहर नै मानिएका अजर अमर पत्रकार स्वर्गिय श्रेष्ठको तेश्रो बार्षिक पूण्यतिथिको अवसरमा ‘नेपाल किन बनेन ?’ पुस्तक प्रकाशनमा आएको हो।

‘नेपाल किन बनेन ?’शीर्षकमा पत्रकार श्रेष्ठले २०७५ साल मंसिर १४ मा नेपाल समाचारपत्रमा लेखेको जीवनकै अन्तिम लेखको शीर्षकबाटै किताबको नाम राखिएको पुस्तकका प्रकाशन गृह कामना न्यूज पब्लिकेशन्सले जनाएको छ। पत्रकार श्रेष्ठको ‘नेपाल किन बनेन ?’ उनेको दोस्रो पुस्तकाकार कृति हो ।

यसअघि गतवर्ष मंसिर १५ मा कामना समूहको वार्षिकोत्सवका उपलक्ष्यमा ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ यात्रा संस्मरण प्रकाशित भएको थियो । यात्रा संस्मरणमा उहाँले युरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव एवं अनुभूतिहरु समेट्नुभएको थियो भने ‘नेपाल किन बनेन ?’ ले मुलुकको राजनीतिक तथा सामाजिक प्रवृत्तिगत अवस्थाको विस्तृत चित्रण गरेको छ ।

इच्छुक व्यक्तिले सीधै ९८५१०७२००४ मा फोन गरेर यस समसामयिक पुस्तक मगाउन सकिने जानकारी कामना न्यूज पब्लिकेशन्सका प्रकाशक तथा प्रमुख सम्पादक दिरेकलाल श्रेष्ठले जारी विज्ञप्तिमा उल्लेख रहेको छ।

प्रकाशन मिति–२०७९ साल बैशाख ६ गते मंगलवार ।