काठमाडौं। लामो समयदेखि अपाङ्गताको क्षेत्रको हक, हित तथा अधिकारको लडाई लड्दैआएका अपाङ्गता मानवअधिकारकर्मी तथा राजनीतिज्ञ भोजराज श्रेष्ठ जनसेवाश्री पाँचौ विभुषणवाट विभुषित बनेका छन्।

राष्ट्रपति भवनमा विहीवार आयोजित विभुषण कार्यक्रममा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीवाट श्रेष्ठ जनसेवाश्री पाँचौ विभुषणवाट विभुषित बनेका हुन्। समाजसेवामा अपाङ्गता भएको व्यक्ति दिएको यो विभुषण श्रेष्ठलाई पहिलो हो।

त्यस्तै अपाङ्गता भएका दुई व्यक्तित्व हिमाल अर्याल र केशव थापालाई खेलतर्फ दिएको योगदानको कदर स्वरुप सोही विभुषणवाट विभुषित गरिएको छ।
प्रकाशन मिति–२०७९ साल बैशाख २ गते शुक्रवार ।