बेलायती राजकुमार ह्यारीको लमजुङ्गमा मंगली तामाङ्गको घरमा बास

0 minutes, 0 seconds Read

harry-in-lamjung.jpgलमजुङ्ग। लमजुङ्ग जिल्लाको पूर्वी भागमा पर्ने गौडा ७ लेउरानीमा बेलायती राजकुमार ह्यारी सोमवार राति बास बसेका छन्। बर्दियाको रोमान्चकारी प्राकृतिक भ्रमण गरेर रमाएर लमजुङ्ग आएका ह्यारी स्थानिय गुरुङ्ग कला–संस्कृतिमा रमे। गुरुङ्ग नाचमा कम्मर मर्काउन समेत भ्याएका ह्यारीको फ्रेन्डली ब्यवहारवाट लमजुङ्गेहरुल निक्कै प्रभावित बनेका छन्। सुविधा संपन्न बैभवशाली देश बेलायतका राजकुमार ह्यारी लमजुङ्गको भूकम्पवाट अति प्रभावित जिल्लाको ६ गाविस मध्ये गौडाको लेउरानीमा ८७ बर्षिया मंगली तामाङ्गको ग्रामिण घरमा सामान्य ढंगवाट बास बसेका छन्।

Harry in Lamjung

बेलायती राजकुमार मंगली तामाङ्गको यही घरमा बास बसेको छ।

बेलायतको त्यति धेरै ठूलो राजकुमार आफ्नो घरमा बास बस्न आएकोमा मंगली मख्खै परेकी छन्। नसोचेकै कुरा भयो भनेर उनले प्रतिक्रिया व्यक्त गरेकी छन्। लमजुङ्गका प्रमुख जिल्ला अधिकार मोहन जिसीले बेलायती राजकुमारको सुरक्षाको लागि सतर्कता अपनाएको बताएका छन्।

मंगलीको घरमा बास बसेका ह्यारी मंगलवार विहान सूर्योद्य हेरेपछि गौडा १ ओखरीमा भूकम्पवाट क्षतिग्रस्त निर्माणाधिन १० कोठे गौडा मावि अवलोकन गर्ने कार्यक्रम रहेको छ। ह्यारीले उक्त विद्यालयका विद्यार्थीहरुसंग भलिवल पनि खेल्ने भएको छ। त्यसपछि भीरकुनासम्म ट्रेकिङ्ग गरेर फर्कने बताइएको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र ८ गते सोमवार ।

Similar Posts