काठमाडौ। भक्तपुरमा सोमवारवाट सुरु भएको विश्वप्रसिद्ध बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा प्रहरीलगायत पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी जवान लक्ष्मी मल्ल, वंशगोपाल निवासी सरोज शिल्पकार र कमल विनायक निवासी सञ्जीव मधिकर्मी रहेका छन् ।
घाइतेमध्ये प्रहरी नायब निरीक्षक खत्रीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी अस्पताल रिफर गरिएको छ भने अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
तौमढीमा रथ तान्ने क्रममा सोमवार राति ९ बजेदेखि भएको ढुङ्गा हानाहानले भक्तपुरको विस्केट जात्रा तनावग्रस्त बनेको छ। अत्यन्त सुरक्षा कडा पारिएतापनि यसप्रकारले हरेक बर्ष हुने ढुंगा हानाहान गर्ने विकृतिले जात्रालाई विकृत बनाएको सर्वसाधारणको धारणा रहेको छ।