
काठमाडौ। भारतकी चर्चित विदेश मन्त्री सुषमा स्वराजको दुवै मिर्गौला फेल भएको छ। मन्त्री स्वराजले आफ्नो दुवै मिर्गौला फेल भएको सार्वजनिक गरेपछि उनलाई मिर्गौला दान दिने धेरै दाताहरु निस्किएको छ।
बीबीसीका अनुसार विदेश मन्त्री स्वराजलाई त्यसरी मिर्गौला दिन चाहनेहरुले मन्त्रीको नाताले भन्दा पनि मानवताको नाताले दिन चाहेको बताएका छन्। हाल एम्समा डायलिसिस गरिरहेकी मन्त्री स्वराजले आफूप्रति शुभेच्छा व्यक्त गर्ने सवैलाई कृतज्ञता व्यक्त गर्दै धन्यवाद भनेकी छन्।
उनले आफू शुभेच्छुकहरुको प्रार्थना र भगवान श्रीकृष्णको आशीर्वादले यस समस्यावाट चाँडै मुक्त बन्ने बताएकी छन्।
प्रकाशन मिति–२०७३ साल मंसीर ४ गते शनिवार ।