ministry-of-finance

काठमाडौ। नेपालमा वि.सं. २०४६ सालमा भएको पहिलो जनआन्दोलन पछि फेरि २०६२–०६३ मा फेरि दोश्रो जनआन्दोलन भयो। जसको कारण शाह बंशिय राजाको शासन अन्त भएको थियो। दोश्रो जनआन्दोलनवाट हालसम्म बनेका नौवटा लोकतान्त्रिक सरकारले आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा ४ अर्ब रुपैया आफ्ना कार्यकर्तालाई वितरण गरेको नागरिक दैनिकले उल्लेख गरेको छ।

सरकारबाट आर्थिक सहायता तथा औषधिउपचारका नाममा ठूलो रकम लिनेमा राजनीतिक दलका साधारण कार्यकर्तादेखि बरिष्ठ नेतासम्म छन्। सरकारले भने प्रचलित नियम मिच्दै आफ्ना नेता नेता तथा कार्यकर्तालाई रकम वितरण गर्दै आएको छ। दोस्रो जनआन्दोलनपछि बनेका गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल(दुई पटक) माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी सुशील कोइराला र केपी ओली नेतृत्वको सरकार प्रत्येकले नियम मिचेर ठूलो रकम आफ्ना नेता तथा कार्यकर्तालाई वितरण गरेका हुन्।

व्यवस्थापिका संसदको अर्थ समितिले पटक पटक नियम मिचेर रकम वितरण नगर्न निर्देशन दिंदासमेत सरकारले कार्यकर्ता र नेतालाई मनपरी बाँडन छाडेको छैन्।
प्रकाशन मिति–२०७३ साल मंसीर ४ गते शनिवार ।