भोटेकोशीमा आएको भीषण बाढीले थप १५ घर बगायो

0 minutes, 0 seconds Read

bhotekoshi 1काठमाडौ। भोटेकोशी नदीमा आएका भीषण बाढीले शनिवार थप १५ घर बगाएको छ। नेपाल चीन सीमा क्षेत्रको लिपिङ्ग बजारमा रहेका नदी छेउका घर बगाएको प्रहरीले बताएको छ। असार २१ गते भोटेकोशीमा आएको भीषण बाढीले लिपिङ्ग बजार र तातोपानी आसपासका २५ घर बगाएको थियो।

भोटेकोशी नदीले बहाब परिवर्तन गरेपछि आसपासका घर कटान गर्दै लैजान थालेको स्थानिय बासिन्दाको भनाई रहेको छ। सीमा क्षेत्रमा विस्थापितको स्थानियवाट उद्धार कार्य जारी रहेको छ। राससका अनुसार तातोपानी क्षेत्रमा पानी नपरे पनि चीनबाट बगेर आउने सो नदीमा पानीको बहाब घटबढ हुने गरेको र नदीले बजार क्षेत्रतर्फ निरन्तर कटान गरिरहेकाले तातोपानीदेखि लिपिङ बजारमा रहेका सडकको तल्लो भागका घर उच्च जोखिममा रहेको छ।

नदीले ठाउँ ठाउँमा राजमार्ग पूरै कटान गरेपछि भिरमा परिणत भएको र धेरै ठाउँमा पैदल हिँड्ने बाटो समेत नभएको हुँदा ठूलो जोखिम उठाएर हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ। नदीको कटान बस्तीतर्फ बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
प्रकाशन मिति–२०७३ साल असार २५ गते शनिवार ।

Similar Posts