![Mr Rupa Krishna Karmacharya (Vetran Visual Editro & Event Manager)](http://www.visionsansar.com/wp-content/uploads/2017/09/Rupa-Karmacharya-3.jpg)
काठमाडौ। पेशाले भिडियो एडिटर । सयौं भिज्युयलहरुसंग कम्प्युटरमा खेल्ने त्यो हात र दिमाग । अनि भिज्युयल एडिटिङवाट संसारलाई चकित पार्ने त्यो पर्दापछाडिको मान्छेको नाम हो–रुपकृष्ण कर्माचार्य। नाम रुपकृष्ण भएतापनि अक्सर रुप नदेखाउने नेचरका रुपकृष्णले यो बर्षको विजया दशमीको अवसरमा दशैं कार्निभल नामक तीन दिने दशैं फेस्टिबल गरेर तहल्का नै मच्चाउन सफलता प्राप्त गरेका छन्।
ललितपुरको सानेपा स्थित इन्टरनेशनल क्लबमा आयोजित कार्यक्रममा तहल्कापूर्ण फेसन–शो देखि परम्परागत लाखे नाच अनि फुड फेस्ट र बाइक–शोसम्म गर्ने कार्य रुपकृष्णले गजबले गरेका छन्। असोज ५ गतेवाट चलेको तीनदिने फेस्टिबलमा हजारौ दर्शकको सहभागिता रहेको रुपकृष्ण बताउंछन्।
सांग्रिला च्यानलवाट टेलिभिजनको करियर शुरु गरेका रुपकृष्णले त्यसपछि च्यानल नेपाल, सगरमाथा टेलिभिजन, नेशनल टेलिभिजन हुंदै न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन्। हाल आफ्नै ग्ल्यामरआइकन नामक युट्युब च्यानल चलाउन व्यस्त रुपकृष्ण ग्ल्यामर आइकन नामवाटै इभेन्ट म्यानेजमेन्टको काम गर्न व्यस्त छन्।
हालसम्म सात वटा इभेन्ट म्यानेजमेन्ट काम गरिसकेका रुपकृष्ण अव भने यसैमा व्यस्त बन्दैगएका छन्। इभेन्ट म्यानेजमेन्ट मार्फत अक्सर रुप नदेखाउने रुपकृष्ण अव भने क्रमिक रुपमा रुप देखाउने पक्षमा छन्। यसैमा रम्न थालेका छन्।
प्रकाशन मिति–२०७४ साल असोज १३ गते महानवमी शुक्रबार ।