काठमाडौं। भोलि चैत्र ६ गते विहीवारवाट हुन गैरहेको एसएलसी अर्थात एसइई परीक्षा एकाएक रोकेको लगत्तै सरकारले विश्वविद्यालयका सबै परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैत्रमा सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको भनेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन्।
प्रकाशन मिति–२०७६ साल चैत्र ७ गते बुधवार ।