काठमाडौं। विश्वभरी महामारीका रुपमा फैलिँदै गएको ‘कोरोनाभाइरस’को संक्रमणका कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरि दुई लाख १९ हजार ३५७ जना कोरोनाभाइरस संक्रमित भएका छन्। संक्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् ।

एक लाख २४ हजार ६११ व्यक्ति हाल संक्रमित रहेका जनाइएको छ। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण हालसम्म १७६ ओटा देशमा देखा परिसकेको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपीमा उल्लेख रहेको छ।
प्रकाशन मिति–२०७६ साल चैत्र ६ गते विहीवार ।