10 lakh Ghush 1काठमाडौ। अखिल नेपाल माउन्टेन बुद्धिस्ट एसोसिएसन नामक आइएनजिओवाट सञ्चालित काठमाडौको जोरपाटी स्थित बुद्ध एकेडेमी आवासिय माविमा भएको अनियमितताको बारेमा छानविन गर्न गएका अख्तियारका अधिकृतहरुलाई उल्ट १० लाख घुस दिन खोज्दा संचालकहरु पक्राउ परेका छन्।

विद्यालयमा भएको व्यापक अनियमितताका बारेमा उजुरीको आधारमा अख्तियार अनुसन्धान आयोगका अधिकारीहरुले विगत दुई महिनादेखि छानविन गर्दैआएका थिए। यस विषयमा मुद्दा मिलाइदिन विद्यालय व्यवस्थापन समितिका सोनाम छिरिङ्ग शेर्पा र सोनाम वाङ्गछेन शेर्पा बाउ–छोरा दुवैलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

10 lakh Ghush 2नीलो प्लास्टिकको झोलामा १० लाख नगद बोकेर अनुसन्धानमा संलग्न डीएसपी रविराज खड्का र उपसचिव हरिवावु पोखरेललाई काठमाडौको दरवारमार्ग स्थित शेर्पा मलको रेड कार्पेट रेष्टुरेण्टमा भेटन पुगेका थिए। अनुसन्धानलाई प्रभावित पार्न उनीहरुले दुवै अधिकृतलाई १० लाख घुसको अफर गरेपछि रकम सहित तत्काल पक्राउ गरिएको थियो। उनीहरुसंगै आएका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नरवहादुर बुढाथोकी भने त्यहाँवाट फरार बनेका थिए।

10 lakh Ghush 3

अनुसन्धानमा खटिएका डीएसपी रविराज खड्काका अनुसार दाताहरुको सहयोगमा सञ्चालित बुद्ध एकेडेमी आवासिय माविमा विद्यालय व्यवस्थापन समितिले दुई करोडभन्दा बढी अनियमितता गरेको उजुरी परेको छ। विद्यालयमा ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्। दाताहरुले दिएको रकम हिनामिना भएको प्रमाण सहित अभिभावक र सरोकारवालाले अख्तियारमा निवेदन दिएपछि दुई महिना यता अख्तियारले अनुसन्धान गर्दैआएको थियो।
प्रकाशन मिति–२०७३ साल भदौ ७ गते मंगलवार ।