काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार सापकोटाविरुद्ध रिट दायर गरेका हुन्।

अधिवक्ता त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग पनि गरेका छन् । त्रिपाठीले हालेको रिटमा सापकोटालाई लामो समयसम्म पक्राउ नगर्ने प्रहरीहरुलाई पनि कार्वाही गर्न माग गरेका छन्। काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा सत्तारुढ नेकपाले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। विपक्षी दल नेपाली कांग्रेस समेतले सापकोटालाई सभामुख बनाउन समर्थन गर्दै उम्मेदवारी दिएको छैन्।
प्रकाशन मिति–२०७६ साल माघ १० गते शुक्रवार ।