काठमाडौं। २०७७ असार १८ गते ७५३ स्थानिय तहलाई राष्ट्रिय परिचय–पत्र तथा पञ्जिकरण बिभागले पत्राचार गरि अतिअशक्त अपाङ्गता भएका ब्यक्ति र ६० बर्ष मुनिको एकल महिलाहरुको सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता नगर्न निर्देशन दिएको राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग संघले खुलासा गरेको छ।

राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग संघका केन्द्रिय अध्यक्ष भोजराज श्रेष्ठले प्रेस विज्ञप्ति मार्फत त्यसको खुलासा गर्दै घोर भत्सर्ना गरेका छन्। विज्ञप्ति मार्फत केन्द्रिय अध्यक्ष श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरुमाथि पटक–पटक कोरोना कहरले भन्दा बढी तड्पाएर मानसिक तनाब दिनु अन्तराष्ट्रिय सन्धी संझौता र नेपालको संविधान २०७२को खिल्ली उडाउने कार्य भएको भन्दै राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग संघ घोर भर्त्सना र निन्दा गर्दछ भनेका छन्।

खाइपाई आएको सामाजिक सुरक्षा भत्ताको निरन्ततताको लागि संघले आन्दोलनको लागि राजनितिक दल,संपूर्ण अपाङ्गतासंग सम्बन्धित संघसंस्था,अपाङ्गता नागरिक,पत्रकार,मानव अधिकर क्षत्रका अभियन्ताहरुमा अपिल पनि गरेका छन्।
प्रकाशन मिति–२०७७ साल साउन २ गते शुक्रवार ।