काठमाडौं। साउन १ गते विहीवारवाट सरकारी लगानीको साझा यातायातले बस सेवा सुरु गर्ने भएको छ। साझाले २६ वटा बसमार्फत काठमाडौंका अधिकांश रुटमा सेवा सुरु गर्न लागेको हो।

पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागेको साझा यातायातले जनाएको छ। बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको भनिएको छ ।

यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, स्यानीटाइजरको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्नेसँगै खुद्रा पैसा बोकेर मात्रै बसमा यात्रा गर्नुपर्छ ।
प्रकाशन मिति–२०७७ साल असार ३१ गते बुधवार ।