काठमाडौं। नेपालमा नेपाल टेलिकमले रिङव्यांक टोनमा कोरोनाभाइरसको सचेतनात्मक सन्देश व्यापक रुपमा दिन थालेको छ। नेपाल टेलिकमका मोवाइल फोनहरुमा कल गर्नासाथ जनचेतनामूलक कोरोनाभाइरसको सन्देश दिन थालेको हो।

सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल टेलिकमले उक्त सचेतनात्मक सन्देश दिन थालेपछि नेपाल टेलिकममा फोन गर्नेहरु प्रारम्भमा अलमलिने भएतापनि हाल सवैलाई बानी हुन थालेको छ। धेरैले त यस सन्देशले गर्दा कोरोनाभाइरसको लक्षण समयमा नै थाहा पाएर सचेत बन्न सहयोग भएको भन्न थालेका छन्।

यिनै नेपाल टेलिकमको सचेतनात्मक सन्देशमा आवाज दिने नेपाल टेलिभिजनका समाचारवाचक अनिता विन्दु हुन। प्रत्येक पटक नेपाल टेलिकमको मोवाइलमा फोन गर्दा कोरोनाबाट बच्ने उपाय सम्झाउने अभियानमा जोडिन पाउँदा आफूलाई अत्यन्त खुशी लागेको समाचारवाचक अनिता विन्दुले भनेकी छन्।

नेपाल टेलिकमको सिको गरेर अर्को मोवाइल फोन प्रदायक एनसेलले पनि अलि फरक कोरोनाभाइरसको सचेतनात्मक सन्देशको रिङव्याँक टोन दिन थालेको छ।
प्रकाशन मिति–२०७६ साल चैत ९ गते आइतवार ।