durga-tiwari-crimeकाठमाडौ। नेकपा एमाले निकटयुवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले आह्वान गरेको अनिश्चितकालीन रुपन्देही बन्दको दोस्रो दिन आज पनि जिल्लाभरको जनजीवन अत्यन्त प्रभावित भएको छ।

बन्दका कारण जिल्लाका पसल, उद्योग, कलकारखाना, शिक्षण संस्था र व्यापार व्यवसाय ठप्प भएका छन्। प्रदर्शनकारी बिहानैदेखि चोक–चोकमा बसेर प्रदर्शन गरिरहेका छन्। बन्दको प्रभाव रुपन्देहीका प्रमुख बजार बुटवल, भैरहवा, खेरेनीलगायतका क्षेत्रमा परेको छ।

रुपन्देही क्षेत्रमा पर्ने पूर्व–पश्चिम तथा सिद्धार्थ राजमार्गमा पनि अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन हुन सकेका छैनन्। प्रदर्शनकारीहरु रातभर राजमार्गमै टेन्ट गाडेर बसेका छन्। यसअघि युवा संघले घटनाको बिरोधमा मंगलबार लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द आह्वान गरेको थियो। आजबाट अन्य जिल्ला खुले पनि रुपन्देही बन्दका कारण जनजीवन सामान्य बन्न सकेको छैन।

प्रकाशन मिति–२०७३ साल पुष ६ गते बुधवार ।