–निशान बुढाथोकी
काठमाडौं। शरीरमा भएका अनावश्यक रौंहरुलाई वाक्स क्रिमको प्रयोग गरी निकाल्ने तरिकालाई वाक्स भनिन्छ । वाक्स गर्दा छालालाई कुनै पनि नोक्सानी हुदैन, यदि अनुहारमा पनि चाहिने भन्दा धेरै रौंहरु छन् भने तपाई घरमै बसेर सजिलो तरिकाले आफैले वाक्स गर्न सक्नु हुन्छ।

अहिले कोरोनाको महामारीमा व्युटीपार्लर जान त्यति सहज नभएको अवस्थामा घरमै बसेर यसको भरपुर प्रयोग गर्न सक्नु हुन्छ। घरेलु सामग्रीहरुको प्रयोग गरी यो ट्रीटमेन्टले अनुहारमा भएका अनावश्यक रौंहरु कम हुदै जान्छ। यसरी अनुहारमा भएका अनावश्यक रौं हटाउदा बेफाइदा हुदैन। तपाईले एक चम्चा मैदा, एक चम्चा सुजी पाउडर त्यसैगरी एक चम्चा पाउडर दुध, एक चम्चा अण्डाको सेतो भाग अनि दुई थोपा कागती लिन सक्नु हुन्छ।

यी सामग्रीहरु सजिलै संग हाम्रो किचेनमा उपलब्ध हुन सक्छन । जति सामग्रीहरु छन् तिनलाई मजाले मिक्स गरी पेस्ट बनाउने । अनुहारलाई सफासंग क्लिजिङ गर्ने, अघि तयार पारिएको पेस्ट जुन छ।

त्यसलाई आइब्रो र आँखालाई छोडेर प्याक लगाए जस्तो गरी सम्पूर्ण अनुहारमा लगाइदिने, करीब २० मिनेट जति सुक्न दिने, प्याक सुकेपछि गुलाब जलको सहायताले त्यो प्याकलाई निकालिदिने । यसरी निकाल्दै जाँदा अनुहारमा भएको अनावश्यक रौं पनि निस्किन्छ र अनुहार सफा मुलायम देखिन्छ,।
(लेखक सञ्चारकर्मी तथा सौन्दर्यविज्ञ पनि हुनुहुन्छ।)
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल जेठ २९ गते शनिवार ।