meera-rai

काठमाडौ। बेलायत स्थित सगरमाथा तेक्वान्दो डोजाङ्गसहितका विभिन्न संस्थाले संयुक्त रुपमा नेपालकी अन्तरराष्ट्रिय धाविका मीरा राईलाई सर्वाधिक राशीको सम्मान प्रदान गरिएको छ। विहीवार पूर्वी नेपालको झापामा आयोजित कार्यक्रममा अल्ट्राम्याराथनकी अन्तरराष्ट्रिय धाविका मीरा राईलाई नगद २८ लाखसहित सम्मान गरिएको हो।

पूर्वब्रिटिस आर्मीसमेत रहेका झापा दमक–१९ निवासी राष्ट्रकुमार राईले मीराले अल्ट्राम्याराथनमा अन्तरराष्ट्रिय स्तरमा नेपाल र नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले खेल क्षेत्रको योगदानलाई सम्मान गर्न उक्त रकम प्रदान गरिएको बताएका छन्।

सोही समारोहमा मीरा राईलाई अल्ट्राम्याराथन खेलमा लाग्नका लागि प्रेरणा तथा प्रोत्साहन दिने कराँते खेलका प्रशिक्षक ध्रुवविक्रम मल्ललाई समेत २ लाख रुपैयासहित सम्मान प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७३ साल पुस २१ गते विहीवार