Yoga Diwash 5काठमाडौ। अन्तरराष्ट्रिय योगा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ। जुन महिनाको २१ तारिखका दिन अन्तरराष्ट्रिय योगा दिवस मनाउने गरिदैआएको छ। २१ जुनलाई बर्षको सवैभन्दा लामो दिनका रुपमा पनि मानिने गरेको छ। यस दिन योग गर्दा मनुष्यलाई दीर्घ जीवन पाउने विश्वास गरिएको छ।

Yoga Diwash 6त्यसैले यस दिनमा नै अन्तरराष्ट्रिय योगा दिवस मनाउने गरिएको हो। २१ जुन २०१५ वाट मनाउन थालिएको यो दिवसका अवसरमा मंगलवार काठमाडौको मीनभवनमा योगा अभ्यास कार्यक्रम संपन्न भएको छ।

Yoga Diwash 4नेपाल भारत मैत्री केन्द्रिय समितिव्दारा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत सञ्जिव सिंह पुरीको विशेष आकर्षण रह्यो। राजदूत पुरीकै प्रमुख आतिथ्यमा योगा अभ्यास तथा सम्मान कार्यक्रम संपन्न भएको जानकारी कार्यक्रममा सहभागी कोटेश्वरका स्थानीय सुनकुमार अवाले भिजन संसारलाई बताएका छन्।

Yoga Diwash 3 Yoga Diwash 2 Yoga Diwash 1प्रकाशन मिति–२०७४ साल असार ६ गते मंगलवार ।