Third Yog Diwash 6काठमाडौ। तेश्रो अन्तरराष्ट्रिय योगा दिवस नेपालमा पनि भव्य रुपमा मनाएको छ। नेपालका प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यमा तेश्रो अन्तरराष्ट्रिय योगा दिवसको काठमाडौको टुंडिखेलमा बुधवार शुभारम्भ भएको हो।

Third Yog Diwash 7विहानै दौरा–सुरुवालमा ठाटिएर आएका प्रधानमन्त्री देउवाले अन्य लव्ध–प्रतिष्ठित विशेष अतिथिहरुका साथमा दौरा–सुरुवाल पहिरनमा नै योगा अभ्यास समेत गरे। योगा शिविरमा योगाको विशेष पहिरन लगाउनु पर्नेमा नेपाली राष्ट्रिय पोशाक लगाएर प्रधानमन्त्री देउवाले योगामा पनि राष्ट्रिय पहिचान दिन खोजेको हो कि भनेर खासखुस गर्नेहरु धेरै आफूले पाएको कोटेश्वर पतञ्जली योगा केन्द्रका योगा प्रशिक्षक तथा प्रसिद्ध मेकअप आर्टिष्ट सुन कुमार अवालले बताएका छन्।

Third Yog Diwash 2

अवालका अनुसार, योगा दिवसको योगा अभ्यासमा उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले भने योगाको पहिरन लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए। विशेष प्रमुख आकर्षणका रुपमा नेपालका लागि भारतीय राजदूत सञ्जिव सिंह पुरी नै देखिएको ठहर पनि अवालको रहेको छ। कार्यक्रम निक्कै शिष्ट र शालिन रुपमा भएको पनि उनको भनाई रहेको छ।

Third Yog Diwash 1

Third Yog Diwash 4प्रकाशन मिति–२०७४ साल असार ७ गते बुधवार ।