काठमाडौं। नदी किनारवाट हुर्केको मानव सभ्यताको प्रतिक नदी तथा नदी किनार मानिसकै कारण दिनानु दिन दूषित बन्दैगएको छ। मानव सभ्यताको उदगमस्थल नदी किनारको बेहाल अवस्थामा त्यसलाई हालमा ल्याउने प्रयास सामाजिक अभियन्ताहरुवाट हुंदैआएको छ। यसक्रममा काठमाडौं उपत्यकाको पवित्र गंगा मनोहर लगायतका नदी दूषित बन्दैगएको छ।

त्यसमाथि, अनावश्यक रुपमा खोलानालामा लागुऔषध गाँजाका झारहरु पनि बृद्धि भैरहेको पाइन्छ। तिनले पनि समस्या ल्याइरहेको छ। यी यावत समस्याहरुलाई निराकरण गर्नका लागि मनोहरा सरसफाई तथा सम्पदा बचाउ अभियानका सामाजिक अभियन्ता बलबहादुर आचार्य क्षेत्रीको सक्रियता मनोहरा नदी किनारमा देखिएका छन्।

शोभितमान श्रेष्ठ (इङकाजी श्रेष्ठ) संग मिलेर बलबहादुर आचार्य क्षेत्रीले शुभारम्भ गरेको मनोहरा नदी किनारको सरसफाई कार्यक्रमले अग्रता पाएको छ। जसलेगर्दा काठमाडौं महानगरपालिका वडा नंवर ३२ स्थित तथा मध्यपुर थिमि नगरपालिका वडा नंबर २ स्थित मनोहरा नदीका दुवै किनार क्रमिक रुपमा सफा बन्दैगएको छ।

त्यसमाथि, यो बर्षायाममा मनोहरा नदी किनारमा अनावश्यक रुपमा उम्रिएका गाँजाको पनि फँडानी गर्ने कार्य पनि बलबहादुर आचार्य क्षेत्रीकै अगुवाईमा भएको छ। सामाजिक वातावरणलाई हराभरा तथा सुन्दर वनाउने कार्यमा सक्रिय क्षेत्रीको पेशा मेकानिकल इञ्जिनियरिङ हो।

कोटेश्वर भाटभटेनी सूर्यकोट वरपरको वातावरण तथा गेटलाई व्युटीफिकेसन गर्ने कार्य पनि क्षेत्रीवाट भएको छ। व्यापार–व्यवसाय मात्र नगरिकन सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यहरु गर्नमा क्षेत्रीको अग्रसरता नियमित रुपमा हुने भएको छ।
(कोटेश्वर प्रतिनिधि सुनकुमार अवालको रिपोर्टको आधारमा।)

प्रकाशन मिति–२०७७ साल असार २१ गते आइतवार ।