काठमाडौ। अमेरिकाका पूर्वराष्ट्रपति जर्ज बुशकी पत्नी तथा साक्षरता अभियानकर्ता बारबरा बुशको निधन भएको छ। पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशकी आमासमेत रहेकी पूर्वप्रथम महिला बुशको बुधबार ९२ वर्षको उमेरमा निधन भएको हो।

श्रीमान् र छोरालाई अमेरिकाको राष्ट्रपतिका रुपमा देख्न पाएकी भाग्यमानी महिला बारबरा हुन्। बारबरा बुश केही समयदेखि बिरामी थिइन् । तर उनले परिवारका सदस्यसँग बाँकी जीवन बिताउने भन्दै थप उपचारका लागि अस्वीकार गर्दै आएकी थिइन्।

पूर्वराष्ट्रपति जर्ज बुशको सचिवालयले बारबराको मृत्यु भएको पुष्टि गर्दै उनलाई साक्षरता अभियानकी कहिल्यै नथाक्ने अभियानकर्मीको उपमा दिएको छ। साक्षरता अभियान सञ्चालन गरेकाले उनलाई यसको अभियानकर्ताका रुपमा सम्मान गर्ने गरिन्छ।
प्रकाशन मिति–२०७५ साल बैशाख ५ गते बुधवार ।