काठमाडौं। अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको छ।

शुक्रवारदेखि लागु हुने नीतिले जन्म पर्यटनुलाई रोक्ने बताइएको छ। नयाँ नियमानुसार गर्भवती महिलाले अमेरिकाको भिसा (प्रवेशाज्ञा)का लागि आवेदन दिँदा त्यहाँ जान बच्चा जन्माउने बाहेक अन्य निश्चित कारण रहेको प्रमाणित गर्नुपर्नेछ।

अधिकारीहरूले यो नयाँ नियम अमेरिकाको राष्ट्रिय सुरक्षा र जनस्वास्थ्यको हिसाबले आवश्यक रहेको बताएका छन्। अमेरिकामा जन्मिने लगभग प्रत्येक बच्चाले त्यहाँको नागरिकता पाउने नियम छ। जसलाई राष्ट्रपति डोनल्ड ट्रम्पले आलोचना गर्ने गरेका छन्।

ट्रम्पले अमेरिकामा आप्रवास कम गर्ने नीति लिएका छन् र त्यहाँ जन्मिने सबै व्यक्ति अमेरिकी नागरिक हुनेु संवैधानिक व्यवस्थामाथि प्रश्न उठाएका छन्। अमेरिकामा भ्रमण गरिरहेकाले कति बच्चा जन्माउँछन् भन्ने यकिन तथ्याङ्क छैन तर केही समूहले अनुमानित सङ्ख्या सार्वजनिक गरेका छन्।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार सन् २०१७ मा करिब १०,००० बच्चाहरू भ्रमण भिसामा रहेका मानिसबाट जन्मिएका थिए। सन् २००७ मा त्यो सङ्ख्या ७,८०० थियो। सन् २००७ मा त्यो सङ्ख्या ७,८०० थियो। 
(बीबीसीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल माघ ११ गते शनिवार ।