काठमाडौं। जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबलको संपन्न दोश्रो अन्तरराष्ट्रिय महासम्मेलनमा कोभिड हिरोहरुलाई सम्मान गरेको छ।

अमेरिकाको कनेटिक राज्यमा सम्पन्न हामी नेपाली ग्लोबलको दोश्रो अन्तरराष्ट्रिय महासम्मेलनमा अमेरिकामा कार्यरत कोभिड हिरोहरुलाई सम्मान गरेको हो ।

विश्वको बैभवशाली राष्ट्र अमेरिका कोरोनाको महामारीमा आक्रान्त बनिरहेको अवस्थामा आफूहरुको ज्यानको समेत परवाह नराखिकन सहयोग गर्ने नेपालीहरुलाई कोभिड हिरो अवार्डवाट सम्मान गरिएको हामी नेपाली ग्लोबलले जनाएको छ।

त्यसरी हजारौ कोभिड पीडितहरुलाई राहत सहयोग उपलव्ध गराउने नेपालीहरु पासाङ शेर्पा , बिष्णु रानामगर , राजकुमार बिष्ट, आनन्द बिष्ट,अच्युत सिग्देल, लिला राई, केशब राई, ध्रुब केसी, शोभाकान्त पाण्डे र आङगेलु शेर्पा सम्मानित बनेका छन्। कोभिड हिरो अवार्डको सम्मान हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले प्रदान गरेका थिए ।

प्रकाशन मिति–२०७८ साल मंसीर १४ गते मंगलवार ।