काठमाडौं। सुशीला मानन्धरको अर्को नाम सुशी सायमी पनि हो। कला तथा साहित्यमा अत्यन्त रुचि राख्ने सुशीला मानन्धर पेशाले थेरापिष्ट हुन्। एक्युप्रेशरको माध्यमवाट थेरापी गरेर धेरै विरामीका रोग निदान गर्नमा क्रियाशील थेरापिष्ट सुशीला थेरापी गर्दा पनि मज्जाले गीत गुनगुनाउने गर्छिन्।

गीत पनि थेरापीको अर्को माध्यम भएको कारण कोकिल कण्ठीवाट गीत गाएको सुन्दै थेरापी गर्ने धेरै विरामीको आधा रोग त गीतवाटै हुने गरेको छ। आफू लडेर खुट्टा भाँचिएको र त्यसको उपचारको क्रममा थेरापी गराएर निको भएपछि थेरापीको महत्व बुझेर थेरापी सिकेका उनी हाल “होम सर्भिस थेरापी“को माध्यमवाट धेरैलाई घर–घरमा सेवा दिने कार्यमा तल्लिन रहेकी छन्।

यिनै सवैको प्रिय गायिका तथा थेरापिष्ट सुशीला मानन्धरको सामाजिक सेवात्मक कार्यको मुक्त कण्ठले प्रशंशा गरेर यो बर्षको तिहारको लक्ष्मीपूजाको दिन चित्र नै कोरेर कलाकार कृष्ण मरासिनले उपहार नै दिएका छन्। उक्त उपहार सुशीलाको लागि अविस्मरणीय उपहार नै सावित भएको छ।

सुशीलाको इतिहास केलाउंदा स्वीमिङ्ग पुलमा केही समय जागिरे जीवन बिताएकी उनले त्यहाँ पौडी खेल्न पनि सिकेको चित्र अर्पण गर्ने क्रममा कलाकार मरासिनले लेखेको छन्। मरासिनले अगाडि लेखेका छन्–“मनमोहन अस्पतालमा पनि केही समय सेवा गरिन् उनले । एक्युप्रेसर थेरापी सिकेकी उनी बिरामीको उपचार गर्दा अवस्था अनुसार उनीहरुका परिवार झैं बन्नु पर्छ भन्छिन् ।

“सुशि“ उपचारको क्रममा गीत गाएर मनोरन्जन गराउँछिन् बिरामीहरुलाई । दीप तुलाधर र धर्मरत्न मानन्धरलाई संगीतका गुरु मान्ने उनले आनन्द बज्राचार्यको शब्द, राजु सिंहको संगीत र आफ्नो स्वरमा गीत रेकर्ड गराउने तयारीमा छिन् र यसको श्रेय पनि गीतकार आनन्द बज्राचार्य र संगीतकार राजु सिंहलाई दिन्छिन् ।

आफूलाई विजय शिवाकोटीको शब्द र राजु सिंहको संगीतमा सनी रौनियारले गाएको नारी प्रधान गीत “म खुल्ला आकाश चाहन्छु…“ साह्रै मन पर्छ भन्छिन्–“सुशि“ ।
“आस्था र विश्वास झुठो हुँदैन, यसलाई मर्न र मार्न दिन हुँदैन“ भन्ने मान्यता राख्नुका साथै आफ्नो पेशा, संस्कार र बिरामीहरु प्रतिको माया नै आफ्नो पहिचान मान्छिन् बहिनी “सुशि“ ।”

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल मंसीर १६ गते विहीवार ।