काठमाडौं। प्रत्येक बर्षको नोभेम्बर ३ का दिन अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाउने गरिन्छ । यो बर्ष शुक्रवार ३ नोभेम्बरका दिन विश्वभर ३० औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस विश्वभर मनाउने कार्य भएको हो।

यसै अवसरमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ स्थित स्वस्थ समाज नेपालले ३० औं अन्तरराष्ट्रिय दिवस मनाएको छ। गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ भैरबचौरवाट अन्तरराष्ट्रिय अपाङ्गता दिवसको महत्व र आवश्यकता अंकित प्ले–कार्डसहितको र्याली प्रमुख अतिथि बागमती प्रदेशका लोकप्रिय पूर्वमन्त्री रामेश्वर फुयाँलको अगुवाइमा पाटीचौर स्थित श्रीगोकर्ण माध्यमिक विद्यालय प्रागंणमा पुगेर सभामा परिणत भएको थियो ।

आयोजक स्वस्थ समाज नेपालकी अध्यक्ष सीता श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका लोकप्रिय पूर्वमन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, आयोजक स्वस्थ समाज नेपालका प्रमुख सल्लाहकार मिलन श्रेष्ठ, अपाङ्ग मैत्री नेपालका अध्यक्ष काजीलाल श्रेष्ठ लगायतले अन्तरराष्ट्रिय अपाङ्गता दिवसको औचित्य र आवश्यकता माथि प्रकाश पारेका थिए । स्वागत भाषण आयोजक संस्था स्वस्थ समाज नेपालकी नानीमैया श्रेष्ठले गरेकी थिइन्।

संस्थाकी अध्यक्ष सीता श्रेष्ठले स्वस्थ समाज नेपाल विशेषत बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य तथा बृद्धिविकास लगायतका कार्यमा कटिबद्ध भएर लाग्दैआएको बताएकी थिइन्।

 

प्रकाशन मिति–२०७८ साल मंसीर १७ गते शुक्रवार ।