काठमाडौं। कृषि सहकारी संस्थामा अग्रणी संस्थाको रुपमा प्रतिष्ठित मनमुरी कृषि सहकारी संस्था लिमिटेडले स्थापनाको सातौं बार्षिक उत्सव मनाएको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ८ गोठाटार स्थित संस्थाको मुख्यालयमा मनमुरी कृषि सहकारी संस्था लिमिटेडले आफ्नो गरिमामय सातौं बार्षिक उत्सव मनाएको हो ।

अर्गानिक कृषि प्रणालीलाई उच्च जोड दिएर कागेश्वरी मनोहरा नगरपालिकाभित्र उदाहरणिय कृषि सहकारीको रुपमा नाम कमाउन सफल मनमुरी कृषि सहकारी संस्था लिमिटेडले स्थापनाको सातौं बार्षिक उत्सवमा सहकारी शेयरधनीहरुलाई मुनाफाको ३ प्रतिशत लाभाँश वितरण गर्न सफलता पाएको संस्थाकी अध्यक्ष जयकला बस्नेतले बार्षिक प्रतिवेदनमा खुलासा गरेकी छन्।

विभिन्न उतार चढावका साथमा सातौं बार्षिक उत्सवसम्म आइपुग्दा मनमुरी कृषि सहकारी संस्था लिमिटेडले विनायक वस्ती स्थित मुख्यालय परिसरमा संचालित मनमुरी कृषि बजार नमूना बजार नै सावित भएको अध्यक्ष बस्नेतले जिकिर गरेकी छन्। कृषकका लागि आवश्यक बीउ–विरुवा देखि अर्गानिक मलसम्म र सर्वसाधारणका लागि नून देखि सुनसम्म पाउने गरेर नमूनामय बजार व्यवस्थापन गरेको जानकारी पनि अध्यक्ष बस्नेतले दिएकी छन्।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाव्दारा उदघाटित मनमुरी कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक उत्सवको कार्यक्रम संचालन संस्थाकी सचिव सुनिता भट्टराईवाट भएको थियो । सातौं बार्षिक उत्सव तथा साधारण सभामा विभिन्न क्षेत्रका ५५ जनालाई मनमुरी कृषि सहकारी सम्मान प्रदान गर्ने कार्य पनि भएको छ। जसमा भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृत देखि न्यूजलाइन्स नेपाल डटकमका अध्यक्ष तथा महाप्रवन्धक राजु भट्टसम्मलाई मनमुरी कृषि सहकारी सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा कृषि विज्ञ देखि कृषि बैज्ञानिकसम्मले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

प्रकाशन मिति–२०७८ साल मंसीर २५ गते शनिवार ।