काठमाडौं। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठ सम्मानित वनेका छन्।

बहुराष्ट्रिय क्रसर मेशिनरी कंपनी टेरेक्स मिनरलस् प्रोसेसिङ सिस्टम (एमपीएस)ले आयोजना गरेको कस्टमर मिट प्रोग्राममा आयोजित भव्य कार्यक्रममा अध्यक्ष श्रेष्ठ सम्मानित वनेका हुन्।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायीहरुको हक, अधिकारका संवन्धमा उल्लेखनिय योगदान दिएवापत अध्यक्ष श्रेष्ठलाई सम्मानित गरिएको आयोजकले जनाएको छ। काठमाडौंको नक्साल नागपोखरी स्थित सुविधासंपन्न उच्चशैलीको फाइभस्टार होटल मेरियटमा आयोजित कार्यक्रममा टेरेक्स मिनरलस् प्रोसेसिङ सिस्टम (एमपीएस)का संवन्धमा कस्टमरहरुलाई विभिन्न जानकारी दिने कार्य भएको थियो ।

कस्टमरका विविध जिज्ञासाको पनि संवन्धित पक्षले शान्त पार्ने कार्य भएको थियो । राष्ट्रिय गौरबका आयोजनाहरुमा टेरेक्सका मेशिनहरुको प्रयोग हुंदैआएको जनाएको छ।

प्रकाशन मिति–२०७८ साल मंसीर १२ गते आइतवार ।