काठमाडौ। टोखा आफैपनि गौरबता बोकेको प्राचिन नगरी हो। यो नगरी विशेषत चाकुको लागि अत्यन्त ख्यातिप्राप्त नगर हो। टोखाको चाकु भनेपछि विश्वप्रसिद्ध नै रहेको छ। हरेक बर्ष आउने माघे संक्रान्तिको दिन टोखाको चाकुलाई संझ्ने र यहीको अर्गानिक चाकुको खोजी गर्नेहरु पुरानो पुस्तादेखि साइबरकालिन नयाँ पुस्ता समेत देखिएका छन्।

यिनै काठमाडौ जिल्लाको उत्तरी दिशामा रहेको एेतिहासिक सांस्कृतिक नगरी टोखा नगरपालिकालाई मौलिकता प्रदान गर्दै जिवन्तता दिने भएको छ। त्यसको संवद्र्धन गरेर पर्यटन मैत्री नगरीको रुपमा विकास गरिन लागेको जानकारी दिएको छ। काठमाडौको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा टोखा संस्कृति सम्पदा संरक्षण दबू र नेवाः गुथि टोखाले उक्त जानकारी दिएको हो। यी दुवै संस्थाको अगुवाइमा टोखा नगरपालिकासंग सहकार्य गरेर चार बर्षिय कार्य योजना बनाएको जानकारी पनि दिइएको छ।

टोखा संस्कृति सम्पदा संरक्षण दबूका अध्यक्ष मनिराज डंगोल तथा नेवाः गुथि टोखाका अध्यक्ष देवराज डंगोलले जारी गरेको संयुक्त विज्ञप्तिमा धार्मिक तथा ऐतिहासिकस्थललार्इ पर्यकीय स्थलको रुपमा विकास गर्ने लागेको उल्लेख रहेको छ। पत्रकार सम्मेलनमा यही श्रावण २७ गते उक्त चार बर्षे कार्ययोजना सार्वजनिक गर्ने समेत भनिएको छ। उक्त दिन नेपालका युगपुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई काठमाडौको शान्तिबाटिकादेखि बिशेष झाँकी सहितको र्याली गरेर राष्ट्रिय सभागृहमा बिशेष अभिनन्दन गरिने जनाएको छ।

पत्रकार सम्मेलनमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखाको नेवार संस्कृति र सम्पदाको जगेर्ना गर्न आफू कटिबद्ध रहेको तथा सोही अनुरुप टोखा नगरपालिकाले कार्ययोजना तय गरिसकेको खुलासा गरेका छन्। टोखालाई कला र संस्कृतिको अनुपम नगर बनाएरै देखाउने प्रतिबद्धता समेत मेयर अधिकारील व्यक्त गरेका छन्।


प्रकाशन मिति–२०७५ साल साउन २० गते आइतवार ।