०देवी–देवता चढ्ने भएतापनि रविना माता होइन ० रविनाको प्रख्यात महादेवी नाच

काठमाडौ। व्यापारिक घरानिया पहिचान र व्यक्तित्व बोकेकी काठमाडौ लाजिम्पाटकी रविना श्रेष्ठ असाधारण व्यक्तित्व भएको खुलासा भएको छ। सपनामा देवी–देवतासंग प्रत्यक्ष कुराकानी गर्ने अनि तिनै देवी–देवताको निर्देशन अनुसार कार्य गर्ने रविनामा दैविय शक्ति पाइएको हो। यसको मतलव रविना देवी यानी माता अवश्य होइन्।

आम–माताहरु जस्तो व्यावसायिक रुपमा आसनमा बसेर माता बन्ने कार्य रविनावाट भएको छैन्। व्यावसायिक माताहरुले जस्तो अनेकन भूत–भविष्य तथा बर्तमानको कुरा गरेर गफ दिने कार्य पनि रविनावाट भएको छैन्। माता बनेर घरबार विगार्ने तथा सपार्ने जस्ता ढुंगी कार्य रविनावाट भएको छैन्। साक्षात दैविय शक्ति भित्र–भित्रै बोकेर प्राणी मात्रको सेवाको लागि आफ्नो जन्म भएको रविनाले भनेकी छन्।

यसले गर्दा आसन जमाएर माता बनेर बस्ने कार्य रविनावाट भएको छैन्। त्यस्तो कार्य कदापि आफूवाट नहुने भनेकी छन्। तर, कतिखेर कतिवेला पूजापाठ गर्दा–गर्दै चमत्कारिक रुपमा रविनाको शरीरमा देवी–देवता चढ्ने गर्दछ। रविनालाई नै थाहा हुंदैन्। कसैले भक्तिभावकासाथमा पुकारा गरेर पीडा पोखेमा र मनमा त्यस्तै कुरा खेलाएर रविनाको सामुन्ने आउंदा एकाएक रविनामा देवी–देवता चढ्ने गरेको हो।

अनि त्यसरी आउनेको दुःख निवारण गर्ने कार्य रविनावाट हुने गरेको छ। रविनाको शरीरमा चढ्ेको देवी–देवताले विगार नगरिकन सवैको कल्याणको कार्य गर्ने गरेको छ। कसैको कुभलो नचिताउने रविनाले थाहै नदिकन हजारौको उद्धार गर्ने कार्य भैसकेको छ। चुपचाप बेखवर बनेर जनहितका लागि विभिन्न सामाजिक सेवात्मक कार्य गर्दैआएकी रविना अलौकिक असाधारण क्षमता बोकेकी करुणाकी प्रतिक हुन्।

ललितपुरको त्यागलमा विसं.२०२५ सालमा जन्मेकी रविना आम मानिस जस्तो आमाको गर्भवाट जन्मेकी होइन्। रविनाको आमालाई रविना जन्मदा गर्भ भएको महशुश नै भएन। आँखै तिरमिराउने प्रकृतिको आएको बृहत उज्यालोकासाथमा आफू आमाको काखमा उत्पन्न भएको बताउने रविना आफ्नो जन्मको कुरावाट आफै चकित बन्ने गरेकी छन्।

आमाले घरमा छाडेर कही–कतै गएको बेला बचपनमा रविनाको संरक्षणका लागि पाँच मुख भएका नागराजहरु वरिपरि बस्ने गरेको र ती वरिपरि बसेका नागराजहरुलाई रविनाको आमालाई मात्र थाहा हुने र देख्ने गरेको तथ्य कतिपयलाई अपत्यारिलो बन्नु स्वभाविक हो। रविनालाई दुध खुवाउने बेलामा ती नागराजहरुलाई अव तिमीहरु आफ्नो स्थानमा जानु भनेर पन्छाएपछि आफै उनीहरु जाने गरेको यथार्थ कतिपयलाई दन्त्यकथा जस्तो पनि लाग्न सक्छ।

त्यसमाथि, ती नागराजहरुमाथि लडिबुडी गरेर खेल्ने जस्ता कार्य बचपनमा रविनाले गरेको त्यो बेला भन्ने रविनाको आमालाई धेरैले गफाडी तथा हावा फुस्केको मान्छे भन्न पनि पछि नपरेको रविनाले भनेकी छन्। एकदिन रविनाको आमा माइति गएको बेला रविना एक्लै घरमा बसिरहेको बेलामा कोठाभरि नागराजहरु आएर बस्दा कोलाहल नै मच्चिएको थियो।

पाटनका एक से एक तान्त्रिक तथा सपेरा लगायतले नागराजहरुलाई पन्छाउन भनेर आउंदा उनीहरु सवै बेहोश भएको भन्ने र देख्ने पाटनमा अझै बूढापाका भएको रविनाको दावी रहेको छ। त्यसमाथि, विसं.२०७२ साल बैशाख १२ गते नेपालमा आएको महाभूकम्पको केही दिनअघि मात्र रविनाको आँखावाट बलिन्द्र आँशुको धारा निरन्तर बहेको रविनाको भनाई रहेको छ। त्यसरी बगेको आँशु दुवै हातको अँजुलीवाट थाप्दा–थाप्दा पनि बहन नछाडेपछि देवादी देव महादेवकै आज्ञाअनुरुप सिरक तथा डसनामा थापेर भूईमा चुहिनवाट रोकेको रविनाको भनाई रहेको छ।

त्यसरी बहेको आँशु भूईमा खसेको भए अझ धेरै अनर्थ हुने आफूले दैवीय संकेत पाएकोले त्यसो गरेको रविनाले भनेकी छन्। त्यसरी बलिन्द्र आँशु चुहिनु अनर्थताको संकेत भएको र त्यसको केही दिनपश्चात महाभूकम्प आएको उनले भनेकी छन्। त्यसको लागि धेरै स्थानमा आफूले क्षमायाचना कार्य पनि गरेको बताएकी छन्।

यिनै अलौकिक आसाधारण व्यक्तित्व बोकेकी रविना पेशाले पश्मिना पहिरनको उद्यमी तथा व्यावसायी हुन्। एक छोरा र छोरीकी आमा रविना अग्रज बैंकर राजेन्द्र वहादुर श्रेष्ठकी जीवन संगीनी हुन्। पश्मिनाको उद्योग तथा व्यापारवाट हजारौलाई रोजगारी दिने कार्य समेत गरिसकेकी रविना प्रतिष्ठित पश्मिना उद्यमी तथा व्यापारी हुन्।

काठमाडौको लाजिम्पाटमा पश्मिनाको विराट शोरुम अझैपनि रहेको छ। जतिसुकै व्यापार–व्यवसायमा व्यस्त बनेतापनि धार्मिक तथा सामाजिक सेवात्मक कार्यमा जतिवेला पनि समय दिने गरेकी रविना प्रख्यात नृत्यकी देवी नै हुन्। महादेवी बनेर विभिन्न धार्मिक अनुष्ठानहरुमा धार्मिक नृत्य प्रस्तुत गर्ने रविनाले कही कतै नाच सिकेकी पनि होइन्। उनमा त्यतिकै नाचकला आएको हो।

देवादी–देव महादेवका अनुयायी रविनाले धेरै स्थानमा महादेवको स्थापना गरिसकेकी छन्। हाल ललितपुरको बाडेगाउंवाट विशंखु नारायण मन्दिरवाट माथि जाने डाँडामा रहेको प्राकृतिक मनोरमस्थल दाडेगौडा देउराली भञ्ज्याङमा भीमेश्वर महादेव बैभवधाम मन्दिर स्थापना गर्ने कार्यमा उनी क्रियाशील बनेकी छन्।

रविनाकै पहलमा मन्दिर निर्माणको लागि शिलान्यास समेत भैसकेको छ। श्रीभीमेश्वर महादेव बैभवधाम निर्माण समितिकी संरक्षक रविना नै हुन्। रविनाकै सोच तथा सपना अनुरुप त्यस स्थानमा मन्दिर स्थापना हुन लागेको हो। सपनामा रविनालाई श्रीभीमेश्वर महादेव बैभवधाम स्थापना गर्न महादेवले आज्ञा भएपछि बैभवधाम निर्माणले गत्ति लिएको हो।

प्रारम्भमा बैभवधाम काठमाडौको रामकोट भीमढुंगा क्षेत्रमा निर्माण गर्ने सोच अनुरुप स्थान चयन भएतापनि रविनालाई त्यो स्थान उपयुक्त नभएको सपनामा महादेवले नै भनेपछि दाडेगौडा देउराली भञ्ज्याङ रोजिएको हो। दुई बर्षभित्र निर्माण संपन्न गर्ने सोचअनुरुप कार्य भैरहेको तथा २१ दिन डोजर वाट त्यहाँको जमिनलाई सम्याउने कार्य भैसकेको छ।

श्रीभीमेश्वर महादेव बैभवधाम निर्माण समितिका अध्यक्ष पुष्कर गिरी तथा महासचिव कर्ण तामाङको सक्रियतामा त्यहाँ हाल कार्य भैरहेको तथा विभिन्न महानुभावहरुवाट सहयोग प्राप्त भैरहेको जानकारी पनि संरक्षक रविनाले दिएकी छन्। भगवान श्रीमहादेवप्रतिको भक्तिभाव–समर्पण अनि विश्वासले पवित्रधाम निर्माण गर्न आफूलाई सवैको साथ र सहयोग भएको समेत रविनाले भनेकी छन्।
(नामी साप्ताहिकवाट साभार।)
प्रकाशन मिति–२०७५ साल साउन २१ गते सोमवार