काठमाडौ। नेपाल अडिटर्स एशोसिएशन (अडान) ले तेह्रौ स्थापना दिवस मनाएको छ। मिति २०७५ साल श्रावण १८ गते देखि २० गतेसम्म देशव्यापी रुपमा मनाइएको जानकारी अडानका महासचिव डोलप्रसाद दाहालले भिजन संसार डटकमलाई दिएका छन्।

अडान दिवसकै अवसरमा २०७५।०४।२० गते आइतवारका दिन काठमाण्डौमा रक्तदान र सेमिनार कार्यक्रम संपन्न भएको छ। महालेखापरीक्षक टंकमणि शर्मा (दङ्गाल)को प्रमुख आतिथ्यतामा “अडान डे” कार्यक्रम यसैदिन सम्पन्न भएको छ।

महालेखापरीक्षक टंकमणि शर्मा (दङ्गाल)ले राष्ट्रिय हितलाई बिचार गरेर अगाडि बढ्न तथा ब्यावसायिक आचरण परिपालना गर्न बिशेष ध्यान दिन आग्रह गर्दै लेखापरीक्षकहरुले लेखापरीक्षणको गुणस्तर,समय, अनुशासन र नैतिक आचरणमा पनि बिशेष ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा विशिष्ट अतिथिहरु नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका अध्यक्ष जगन्नाथ उपध्याय (निरौला), साउथ एसिएन फेडरेसन अफ एकाउन्टेन्स (साफा) का अध्यक्ष सुबोध कुमार कर्ण लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष मोहनराज रेग्मी, सञ्चालन महासचिव डोल प्रसाद दाहाल र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष सुर्य प्रसाद अधिकारीवाट भएको थियो। अडानमा व्यावसायिक लेखा परिक्षकहरु ७ हजार २ सयजनाको सदस्यता रहेको छ।

प्रकाशन मिति–२०७५ साल साउन २१ गते सोमवार ।