–प्रज्ज्वल घिमिरे

              अलिकती मुटु हजुरलाई म दिन्छु

             अलिकती मुटु हजुरले मलाई दिनुस्

             दुइटै मिलाएर धेरै हुन्छ…..

             नत्र बाहिर जति उज्यालो भए पनि
             भित्र अध्यारै हुन्छ ।

             अलिकती मायाँ हजुरले मलाई दिनुस्…

            अलिकती मायाँ म दिन्छु

            घरमा हारेर के भयो ?

            मन मिले संसार जित्न सकिन्छ..

(कवि तथा साहित्यकार प्रज्ज्वल घिमिरेले मिति २०७५ साल साउन २० गते भिजन संसार डटकममा प्रकाशित कवि तथा गीतकार उत्तम भौकाजीको तिमी र म शिर्षक कवितावाट प्रभावित भएर यो कविता लेखेको भनेर भिजन संसारमा प्रकाशनार्थ पठाएको कविता हो। उहाँको स–सम्मान यो कविता प्रकाशित गरिएको छ। –सम्पादक ।)

प्रकाशन मिति–२०७५ साल साउन २२ गते मंगलवार ।