Badhi Pahiro 4काठमाडौ। नेपालमा यतिखेर बर्षाको भेल तथा बाढीले ठाउँ–ठाउंमा क्षति पुर्याएको छ। अविरल भैरहेको बर्षाको कारण देशैभरका नदीनाला उर्लेको छ। त्यो उर्लदो भेल बस्तीमा पसेर उत्पात मचाएको छ। जसको कारण अर्बौ धनमालको क्षति हुनुको साथै मानविय क्षति पनि भएको छ। समाचार अनुसार झापामा अविरल वर्षाका कारण शनिबार चारजनाको ज्यान गएको छ।

Badhi Pahiro 2बाढीले बगाउँदा ज्यान जानेमा झापा गाउँपालिका–२ का धनमाया गार्साने, शिवसताक्षी नगरपालिका–१ का विजय पाण्डे, कचनाकवल–३ का राम राजवंशी र झापा गाउँपालिका–३ की कमला दर्लामीको ज्यान गएको छ।बाढीबाट जिल्लाको दक्षिणी भाग बढी प्रभावित भएको छ। कन्काई, विरिङखोला, निन्दाखोला, मेची नदी र कमल खोलामा आएको बाढीले एक हजार २४९ घर डुवानमा परेका छन्। अहिले पनि अविरल वर्षा भइरहेका कारण बाढीको सतह अझै बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ।

नदी आसपासका क्षेत्रका बासिन्दालाई अन्यत्र सार्ने प्रयास भएपनि खराब मौसमका कारण त्यो हुन नसकेको प्रहरीले जनाएको छ। उता, बारामा पनि घर भत्किंदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको सिम्रौणगढ नगरपालिका बडा नम्बर ८ कोचर्बाका ४५ बर्षिय गहनी नाम रहेकी महिला रहेकी छन्।

यस्तै आर्दश कोतबाल गाउँपालिका रामजानकी बृद्धाआश्रममा बस्ने ७० बर्षिय ब्रम्हदेब महतो आश्रममा पसेको पानीको भेलमा बगेर वेपत्ता भएका छन् । सुनसरी नदीमा आएको बाढीले दायाँबायाँ तटबन्ध काटेर जलपापुर, चाँदबेला, नर्सिङ, बबिया, भुटाहा, कप्तानगन्जलगायत दर्जनौँ गाउँ जलमग्न भएका छन्। उक्त गाउँका १० हजारभन्दा बढी बासिन्दा बाढीमा फसेको र उनीहरुलाई नेपाली सेनाको टोली परिचालन गरी उद्धार गर्ने प्रयास गरिए पनि वर्षा भइरहेकाले सकिएको छैन।

Badhi Pahiro 3धरान उपमहानगरपालिकाका विभिन्न वडाका खहरे खोलामा आएको बाढीले ३५ घर बगाएको छ। मानवीय क्षति भने भएको छैन। धरान–१३, निसाने खोला नजिक धरान–धनकुटा सडकखण्डमा पहिरो जाँदा धरान–धनकुटा यातायात अवरुद्ध भएको छ। इटहरीको बुढीखोलामा आएको बाढीका कारण डुबानमा परेका करिब एक हजार बासिन्दालाई स्थानीय श्रीकृष्ण प्रणामी मन्दिरमा आपतकालीन उद्धार गरी त्यहाँ खाने र बस्ने व्यवस्था मिलाइएको छ।

अहिले इटहरी बजारलगायत जिल्लाका अधिकांश ठाउँ जलमग्न छन् । त्यस्तै, विराटनगर–धरान यातायात पनि पूरै बन्द हुन पुगेको छ। नवलपरासीको बर्दघाटस्थित सडक भाँसिदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध हुन पुगेको छ। सोमवारसम्म अविरल बर्षा हुने मौसम विभागले जनाएको छ।

Badhi Pahiro 1प्रकाशन मिति–२०७४ साल साउन २८ गते शनिवार ।