काठमाडौ। जिल्ला प्रशासन कार्यालय काठमाडौले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न छ स्थानमा प्रदर्शन र विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ।

 

Nepal Govt.

जिल्ला प्रशासन कार्यालय काठमाडौले आज आइतवार सूचना जारी गर्दै शीतलनिवास महराजगञ्ज, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन नयाँबानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास, निर्वाचन आयोग बहादुरभवन वरपरका क्षेत्रमा निषेधित क्षेत्र तोकेको हो।

CDO Office of Kathmandu
CDO Office of Kathmandu

जिल्ला सुरक्षा समितिको पुस २० र चैत ९ गतेको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीबाट कुनै किसिमको जुलुस, प्रदर्शन, धर्ना, घेराउजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिएको सूचनामा उल्लेख गरिएको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र २० गते आइतवार ।