Nirwachan Ayogकाठमाडौ। नेपालमा निर्वाचन आयोगले अव प्रत्येक बर्ष फागुन ७ गतेका दिन निर्वाचन दिवस मनाउने भएको छ। नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो।

सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो। २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात ७४ सिट प्राप्त गरेका थिए।

उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए। लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक भव्यताका साथ दिवस मनाउने तयारी गरेको हो।
प्रकाशन मिति–२०७३ साल माघ १६ गते आइतवार ।