काठमाडौं। अश्लिल संवाद तथा दोहोरो प्रश्न सहितको युट्युव च्यानल कार्यक्रम उत्पादन गर्ने र संचालन गर्ने तीनजना युट्युबरहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

त्यसरी पक्राउ पर्नेहरुमा मस्ती टक टाईम नामक अश्लिल प्रश्नोत्तर सहितको कार्यक्रम उत्पादन गर्ने राजकुमार कुँवर, कार्यक्रम संचालिका लक्ष्मी मोक्तान र आफूलाई मोडल भन्दै अश्लिल अन्तरवार्ता दिने हेटौडाकी परी तामाङ रहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरुलाई काठमाडौंको कलंकीवाट नेपाल प्रहरीले पक्राउ गरेको हो।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरुलाई साईबर अपराध अन्तर्गत मुद्दाचलाउने तयारी भइरहेको बताए। अश्लिल संवादमार्फत समाजमा अश्लिलता फैलाएकै कारण उनीहरुलाई पक्राउ गरिएको जानकारी पनि प्रवक्ता बोगटीको भनाई रहेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ४ गते मंगलवार ।