काठमाडौं। ३ नंबर प्रदेश अर्थात बागमती प्रदेशमा मुख्य मन्त्री हेरफेर हुने पक्का भएको छ। बहालवाला मुख्यमन्त्री डोरमणि पौडे्लले मुख्य मन्त्री पदवाट राजिनामा दिने पक्का भएपछि हेरफेर हुने पक्का भएको हो।

बुधबार बागमती प्रदेशसभा सचिवालयमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेपछि शाक्य मुख्यमन्त्री बन्ने पक्कापक्की भएको बागमती प्रदेशका लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्यले जानकारी दिएका छन्।

नेकपा एमालेभित्र माधवकुमार नेपाल समूहका भनेर चिनिएकी अष्टलक्ष्मी शाक्यले नेपाल समूहलाई छाडेर मूलधारको नेकपा एमालेमा नै समाहित भएपछि बागमती प्रदेशका संसदीय दलको नेतामा चुनिएकी हुन्। सर्वसम्मत अनुसार, नेकपा एमालेको संसदीय दलको नेतामा चुनिएपछि संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री अव शाक्य हुने भएको छ। शाक्य विहीवारवाट विधिवत रुपमा बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी छन्।

बागमती प्रदेशमा सभामुखसहित १०९ जना सांसद छन । तीमध्ये ५६ जना नेकपा एमालेका छन् । एमालेका ५६ सांसदमध्ये २३ जना नेपाल पक्षका छन्। प्रदेश सरकार बनाउनका लागि ५५ जना सांसद भए पुग्छ । बुधबार शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गर्दा ४९ जना सांसदहरुको उपस्थिति रहेको थियो भने ७ जना सांसदहरु अनुपस्थित थिए ।
प्रकाशन मिति–२०७८ साल भाद्र २ गते बुधवार ।