काठमाडौं। नेकपा एमाले विभाजित भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएपछि विधिवत रुपमा नेकपा एमाले विभाजित भएको हो।

नयाँ दर्ता भएको नेकपा एमाले (समाजवादी) ले चुनाव चिह्न खुला किताब पाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको एक घण्टा पनि नवित्दै नेता नेपालले निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दर्ता गर्न पुगेको हो।

मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो । अध्यादेश अनुसार अब २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहेमा दल फुटाउन सक्नेछन् । सोही अध्यादेश अनुसार नेता नेपालले नयाँ पार्टी दर्ता गरेका हुन्।
प्रकाशन मिति–२०७८ साल भाद्र २ गते बुधवार ।