काठमाडौं। आँखामा आगो र मनभरि आँट बोकेका जुझारु भूषण महर्जन आफैमा गौरबशाली तन्नेरी हुन्। जसको भावनामा स्वार्थभन्दा निस्वार्थका क्रान्ति छन्। स्वाभिमानका उर्लदो भेल छन्।

समाज रुपान्तरणमा सामाजिक अभियानको जोश वोकेका काठमाडौं गोगंबु जाल्पाचोकका रैथाने महर्जन रैथाने हुनुको बेग्लै पीडा गैर–रैथानले खासै बुझ्न नसकेको यथार्थता बताउंछन्। रैथाने हुनुको बेग्लै पीडा खप्न नसकेर रैथानेहरु परदेशमा खुनपसिना चुहाइरहेको वास्तविकता महर्जनले बताएका छन्।

रैथाने हुनुको गंभीर पीडा अनि जनमुक्तिको लागि व्यापक संघर्ष गर्दा पनि सही निकास पाउन नसकेको पीडावाट मुक्त बन्न आम रैथाने जस्तै परदेशिएर मातृभूमि नेपाल बनाउन महर्जन फर्केका हुन्। जापान, जर्मन तथा अमेरिकामा लामो समय बसेर त्यहाँवाट सिकेको यथार्थतालाई नेपालमा नेपाली युवालाई पस्कन महर्जनले ए टु जेड कन्ट्रक्सन तथा टप हिमालयन ट्रेडर्स संचालन गरेका छन्।

सानादेखि ठूला आयोजनाको संचालन गर्ने तौर–तरीका देखि स्वदेशका अर्गानिक बस्तुहरुको विदेशमा मार्केटिङ गर्ने कार्यमा युवाहरुलाई संलग्न गरेर जोशिला अनि जुझारु कार्य गर्ने कार्यमा महर्जनका अधिकाँश दिन वित्ने गरेको छ। त्यसको अलावा सानैदेखि कराँते खेलका खेलाडी कराँतेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी महर्जन नेपाल क्योँकुशिन बुदो कराँते शाकाई इन्टरनेशनलका अध्यक्ष समेत हुन्।

कराँते खेलवाट नेपाललाई विश्वलाई चिनाउने प्रयासमा रहेका महर्जन कुनैबेलाका ट्रेकिङ गाइड पनि हुन्। २२ वटा मुलुक घुमिसकेका महर्जनको नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेखनिय योगदान रहेको छ। विशेषत जापान तथा जर्मनका पर्यटकलाई नेपाल भित्राउने कार्यमा महर्जनको विशेष भूमिका रहेको छ।

भिजिट नेपाल २०२० को अवसरमा अझ जापानी तथा जर्मनी पर्यटकलाई नेपाल भ्रमण गराउने उदेश्य वोकेका महर्जनले काठमाडौं र काठमाडौं वाहिरका अनेक स्थानमा सक्दो सामाजिक सेवा गर्ने कार्य पनि गर्दैआएका छन्।

सन् २००९ देखि पर्वतको पञ्चरत्न आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि अक्षयकोष नै स्थापना गरेर सहयोग गर्ने कार्य बर्षेनी महर्जनवाट हुंदैआएको छ। कतिपय विकट गाउँका विद्यालयमा अध्यापन गर्न र गराउन चक तथा पेन किन्न नसकेर कठिनाइ भोग्दैबसेका कयौं शिक्षकहरुलाई सहयोग गरेर उनीहरुको उत्थान कार्यमा महर्जनको योगदान रहेको छ।

आफूले जति कमाउने गरेको छ–त्यसको १० प्रतिशत समाज सेवामा लगाउंदै आएको खुलासा पनि महर्जनले गरेका छन्। विदेशमा यसरी समाज सेवा गर्ने व्यवसायीहरुलाई सरकारले कर छुट दिएर सामाजिक सेवामा प्रोत्साहन हुने भएतापनि नेपालमा त्यस्तो नभएको महर्जन गुनासो गर्छन्। यदि त्यसो भएमा नेपालमा समाज सेवा गर्नेहरुको कुनै कमी नहुने दावी महर्जनको रहेको छ।
प्रकाशन मिति–२०७६ साल पुस ७ गते सोमवार ।