काठमाडौं। नेपालका उप–प्रधानमन्त्री तथा कानून मन्त्री उपेन्द्र यादवले पदवाट राजिनामा दिएका छन्। मंगलवार उप–प्रधानमन्त्री यादवले राजिनामा दिएको हो।

समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादवले सरकारसित भएको दुईबुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजिनामा दिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधानविज्ञहरु सम्मिलित विज्ञ सुझाव समिति गठन गर्ने प्रस्ताव यादवले प्रस्तुत गरेकोमा उक्त प्रस्तावलाई अस्वीकार गरिएकोमा नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै यादवले राजिनामा दिएको छ।

त्यसैगरेर,समाजवादी पार्टीबाटै शहरी विकासमन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि राजीनामा दिएका छन्।
प्रकाशन मिति–२०७६ साल पुस ८ गते मंगलवार ।