–निशान बुढाथोकी
मुटु भित्र व्यथा बढ्यो सुनाउँनै नसकिने
तिम्रो माया यत्ति पाएँ चुकाउँनै नसकिने

घाउ पार्यौ मुटु माझ थाहै नपाई एक्कासी
फेरि किन बाँध्यौं पट्टी फुकाउँनै नसकिने

संगसंगै लामो बाटो हिड्डा हिंड्दै एक्लै परे म
आँशु बग्यो आँखाबाट सुकाउँनै नसकिने

बिर्सनेछु तिम्रो माया डरलाग्दो सपना सम्झि
तर पनि जिवन मैल्यो धूलाउँने नसकिने
(१११ औं अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा नारीको व्यथालाई जस्ताको तस्तै कवि निशान बुढाथोकीले दुःखी नारीहरुको नाममा समर्पण गरेको यो कविता हो। –सम्पादक)
प्रकाशन मिति–२०७७ साल फागुन २४ गते सोमवार ।