Nepali Criket team 3काठमाडौ। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियामाथि लगातार दोस्रो जित हासिल गर्दै नेपालले कीर्तिमान बनाएको छ। यसअघि, स्कटल्यान्ड र पपुवा न्यूगिनीसँग भएका चारओटै खेल हारेको नेपालले नामिबियाविरुद्ध भने दुबै खेल जितेको हो।

Nepali Criket team 2

नामिबियाविरुद्ध शनिबार पहिलो खेल ५ विकेटले जितेको नेपाल दोस्रो खेलमा ३ विकेटको जित हासिल गर्दै ८ टिम सहभागी लिगमा पाँचौं स्थानमा उक्लिएको छ। नामिबियाविरुद्धको दोस्रो खेलमा २४० रनको चुनौती नेपालले एक बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्‍यो। कप्तान पारस खड्काले कप्तानी इनिङ्स खेल्नेक्रममा ९४ बलमा ७ छक्का र ५ चौकाको मद्दतले १०३ रन बनाए । ‘ए लिस्ट’मा पारसको यो कीर्तिमानी पहिलो शतक हो। पारसले करियरमा शतक संख्यालाई दुई पुर्‍याएका छन् ।

Nepali Criket team 1

ए लिस्टमा शतक बनाउने पारस दोस्रो खेलाडी हुन् । यसअघि, अनिल मण्डलले स्कटल्यान्डविरुद्ध शतक बनाएका थिए। त्यस्तै, पारससँग तेस्रो विकेटका लागि कीर्तिमानी १६७ रनको साझेदारी गर्नेक्रममा शरद भेषावकरले अविवित ७४ रन जोडेका छन्। नामिबियाविरुद्धको पहिलो खेलमा शरदले अविजित रहँदै ५० रन जोडेका थिए।

Nepali Criket team 4

शरदले ए लिस्टमा लगातार दोस्रो अर्धशतक बनाउने नेपाली खेलाडीको कीर्तिमानसमेत रचेका छन्। यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा २३९ रन बनाएको थियो।शक्ति गौचन, बसन्त रेग्मी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमेत कीर्तिपुर मैदानमा पुगेका थिए। लगातार दुई जितसँगै नेपाल विश्वकप एक दिवसीय क्रिकेट छनोट खेल्ने सम्भावना बढेको छ। आठ टिम सहभागी लिगमा शीर्ष चार स्थान ओगट्ने राष्ट्रले एक दिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्ने अवसर पाउने छन्।
प्रकाशन मिति–२०७३ साल बैशाख ६ गते सोमवार ।