Nepal criket winnerकाठमाडौ। कीर्तिपुरको क्रिकेट मैदानमा शनिवार विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नामिवियाविरुद्ध भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ। टस जितेर व्याटिङ गरेको नामिबियाले नेपालविरुद्ध ९ विकेट क्षतिमा पूरा ओभर खेलेर १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी व्याटिङमा उत्रिएको नेपालले १७ बल बाँकी छदै लक्ष्य भेट्टायो। नेपालको लागि शरद भेषावकर र बिनोद भण्डारीले ९० रनको पार्टनरसिप खेल्दै जित निकालेका हुन्। ९९ बल सामना गरेका भेषावकरले ५० र ४९ बल खेलेका भण्डारीले ४० रन बनाए।

नेपालको लागि ओपनर ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्काले समान २१ रन बनाएका थिए। नरेश बुढाऐरले १६ रन बनाए। पहिलो इनिङमा नेपालको लागि बसन्त रेग्मीले ३, सोमपाल कामीले २, पारस खड्का र सन्दीप लामिछानेले १–१ विकेट लिएका थिए।
प्रकाशन मिति–२०७३ साल बैशाख ४ गते शनिवार ।