काठमाडौं। आज वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी। मातातीर्थ औंसीमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ।

आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्। यस दिन दिवङ्गत आमाको सम्झनामा काठमाडौंको पवित्रस्थल मातातीर्थमा मेला लाग्ने गरेकोमा यस वर्ष लकडाउनका कारण मेला स्थगित गरिएको छ।

लकडाउनका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न लकडाउनले गर्दा पुग्न नसक्ने भएकोले विहानैवाट आमा हुनेहरुले आमालाई फोन गरेर तथा भिडियो च्याट गरेर ढोगभेट गर्ने कार्य गरेका छन्। कतिले गर्दै पनि छन्।

घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवंगत आमाका नाममा श्रद्धा प्रकट गर्ने कार्य पनि भैरहेको छ। आमा नहुनेहरुले नजिकका कुण्ड तथा मन्दिरमा गएर तर्पण गर्ने कार्य पनि भएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख ११ गते विहीवार ।